एक्यान फुट्सलको कानुन मन्त्री थापाद्वारा उद्घाटन
पाेखरा | भदौ ३, २०७९
पोखरा । नेपाल चार्टर्ड एकाउन्टेन्स संघ९एक्यान०कास्कीको आयोजनामा पोखरामा सुरु भएको एक्यान फुट्सल टुर्नामेन्टको उद्घाटन भएको छ । पोखरामा ३ र ४ गतेसम्म चल्ने फुट्सल टुर्नामेन्टको गण्डकी प्रदेशका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गरेका हुन् ।
मन्त्री थापाले गोलपोस्टमा गोल हानेर खेलको उद्घाटन गरेका थिए । खेलको उद्घाटन गर्दै मन्त्री थापाले एक्यानले आयोजना गरेको फुट्सलको माध्यमबाट एक अर्कासँग जोडिने वातावरण मिलेको भन्दै खुसी व्यक्त गरे । खेलले भाइचारा, मेलमिलाप बढाएको उनको भनाई थियो । ‘प्राविधिक क्षेत्रमा अब्बल तपाईंहरु खेलमा सक्रिय भएको देखेर निकै खुसी लागेको छ । अहिलेको युवा पिढीहरु गलत प्रवृद्धीतर्फ अघि बढी रहँदा नैतिकवान स्वस्थ्य र अब्ब्ल समाज बनाउन खेलमा लाग्नु निकै महत्वपूर्ण छ,’ उनले भने ।
मन्त्री थापाले नीति तथा योजना साथै बजेट बनाउँदा चार्टर्ड एकाउन्टेन्सहरुसँग पनि जोडिने प्रतिबद्धता व्यक्त गरे । चार्डर्ड एकाउन्टेन्स गण्डकीका अध्यक्ष सागर लामिछानेले कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य राख्दै २०३४ सालमा स्थापना भई ४५ साल लामो गरिमामय इतिहास बोकेको बताए । हाल ११ जिल्ला र ८ प्रदेशमा कमिटी गठन भएको उनले सुनाए । केन्द्रमा हाल १९ जनाको कमिटी रहेको उनले बताए । सिएहरु पेशागत व्यस्ततामा साथै स्वास्थ्यमा पनि सबल बनेर स्वस्थ्य समाज निर्माणमा भुमिका खेल्ने उनको भनाई थियो । एक्यान उपाध्यक्ष सुसिल घिमिरेले आगामी दिनमा पनि यस्ता कार्यक्रम भई रहने बताए । यसले भातृत्व कायम राख्न सघाउने उनले बताए ।
एक्यानका निर्वतमान अध्यक्ष आनन्दराज शर्मा वाग्लेले फुट्सलले भाइचारा बढाउन समेत सहयोग मिल्ने बताए । यस्ता कार्यक्रमले संघीयता बलियो बनाउन पनि सहयोग मिलने उनको भनाई छ । फुट्सल भदौ ३ र ४ गते दुई दिनसम्म चल्ने छ । एक्यान कास्कीका अध्यक्ष तथा फुट्सल टुर्नामेन्टका संयोजक विवेक श्रेष्ठले खेलबारे जानकारी दिएका थिए । खेलमा ९ टिमको सहभागीता रहेको छ । देशभरका ३ सय बढी चार्टर्ड एकाउन्टेन्स फुट्सल टुर्नामेन्टमा सहभागी छन् ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

